युएईविरुद्ध नेपाल चार विकेटले विजयी

Diyo post  

काठमाडौँ, माघ १८ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालसँग यूएई ४ विकेटले पराजित भएको छ ।

यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए ।

दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो ।

सम्बन्धित खबर