एजेन्सी । भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्ना स्रोतहरू बिक्री गर्न थालेको खुलासा भएको छ ।
गएको हप्ता मात्रै भेनेजुएलाको केन्द्रीय बैंकसँग यूएईको आबुधाबी स्थित लगानी कम्पनी नुर क्यापिटलले तीन टन सुन किनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने र विक्रि गर्ने काम भैरहेको भन्दै अमेरिकाले तत्काल किनबेचको काम बन्द गर्न चेतावनी दिएको रोएटर्स समाचार संस्थाले जनाएको छ ।
युएईसँगै टर्कीले पनि भेनेजुएलाको सुन किनिरहेको र टर्की हुँदै सुन इरान पुग्ने गरेको भन्दै अमेरिकाले कारोबार बन्द गर्न चेतावनी दिएको हो । गएको वर्ष पनि भेनेजुएलाले ९० करोड अमेरिकी डलर बराबरको सुन प्रशोधन गर्न भन्दै टर्की र्पुयाएको भएपनि अहिलेसम्म भेनेजुएला फर्काइएको प्रमाण छैन ।