काठमाडौं, २० माघ । दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग ५ र रियल म्याड्रिडसँग १० अंकको अग्रता बनाए पनि लिग लिडर बार्सिलोना गएराती भएको खेलमा भ्यालेन्सियासँग रोकिएको छ । गएराती भएको खेलको शुरुवातमा दुई शुन्य गोलबाट पछि परे पनि लियोनेल मेसीले दुई गोल गर्दा खेल बराबरीमा सकियो ।
बराबरीबाट १ अंक हात पार्दा अब आज राती एथलेटिकोले आफ्नो खेल जिते बार्सिलोनासँगको अंक दुरी ३ मा झार्नेछ । एथलेटिकोले रियल बेटिस र रियलले अलाभेसँग खेल्नेछ । अझै लिगमा १६ खेल बाँकी हुँदा बार्सिलोना दबाबमा आउँन सक्नेछ ।
गएराती २४ औं मिनेटमा केभिन गामेरियोले काउन्टरमा राम्रो गोल गर्दा बार्सिलोना पछि परेको थियो । ३२ औं मिनेटमा पेनाल्टी पाउँदा बार्सिलोना दुई गोलले पछि पर्यो । ३९ औं मिनेटमा पेनाल्टीमा र ६४ औं मिनेटमा अर्को सानदार गोल गरेर मेसीले बराबरी त गरे । तर, जिताउन सकेनन् । दोस्रो हाफमा थाइको समस्या भएपछि मेसीले मेडिकल टिम बोलाएर उपचार गराएका थिए ।
यही हप्ता कोपा डेलरेको सेमिफाइनमा रियलसँग खेल्नुपर्ने भएकोले मेसीले खेल्न नसक्ने हो की चिन्ता व्यक्त गरिएको छ । यद्यपी अझै तीन चार दिन बाँकी भएकोले उनी ठीक हुने प्रशिक्षक भल्भर्डेले विश्वास गरेका छन् ।