नेपालको पहिलो सफलता, सोमपालले लिए पहिलो विकेट

Diyo post  

काठमाडौँ, माघ २० । युएइविरुद्धको निर्णायक खेलको दोस्रो इनिङमा बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । युएइको आक्रमक ब्याटिङको सामना गरिरहेको नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका छन् ।

१० ओभरमा झरेको खेलमा विकेटको सदुपयोग गर्दै आक्रमक ब्याटिङ गरिरहेको युएइका प्रभावशाली ब्याट्सम्यान अस्फाख अहमद पवेलियन फर्केका छन् । उनले ४ बलमा २ चौका प्रहार गर्दै ८ रन बनाए । उनी सोमपाल कामीको बलिङमा करण केसीले क्याच गरेपछि आउट भएका हुन् ।

खेलको तीन ओभर सक्किँदा युएइले ३९ रन बनाइसकेको छ । जित्नको लागि ४३ बलबाट ६७ रनको आवश्यक रहेको छ भने ९ विकेट बाँकी रहेको छ । नेपालको तर्फबाट करण केसी बलिङमा छन् ।

सम्बन्धित खबर