चाइनिज पेस्तोल र सात राउण्ड गोलीसहित धादिङको सत्यदेविबाट ३ युवा पक्राउ

Diyo post  

धादिङ, माघ २२ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ हतियासहित सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए।

विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरू हतियारसहित पक्राउ परेका हुन्। उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने प्रहरीले जनाएको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको ४१ हजार ३९९ जिल्ला लैंगिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन्। रासस

सम्बन्धित खबर