काठमाडौँ, माघ २३ । विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्रिी कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।
यस्ता इयरफोनले कानका नलीको भित्र गहिराई बनाउने काम गर्छ । जसले बहिरोपना निम्त्याउँन सक्छ ।
आरामदायक ध्वनि जस्तो कि ड्रम्स, आर्कस्ट्रा, गितार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि पुर्याउँदैन । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जान्छ । नयाँ पत्रिकाबाट