काठमाडौं, २४ माघ । नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेशन नेपालले ग्राहकलाई अस्वभाविक रुपमा ठगी गर्दै आएको समाचार प्रति खण्डन गरेको छ ।
दियोपोस्ट डटकमममा वर्ल्डलिंक कम्युनिकेशनले ग्राहकसँग चर्को शुल्क उठाएर थोरै स्पिडको इन्टरनेट दिने गरेको र ग्राहक ठगीमा परेको समाचार प्रकाशीत भएको थियो ।
प्रकाशित समाचारको खण्डन सोही मिडिया मार्फत गर्नुपर्ने र खण्डन प्रकाशन नभए मात्र प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने प्रावधान रहेको छ ।
‘उक्त अनलाईनमा प्रकाशित खबरमा उल्लेख भएको यस कम्पनिबाट मासिक रुपमा ग्राहकलाई कुनै एउटा दररेटमा नेट जडान गरेर अर्को दररेटमा असुल गर्ने गरिएको छैन,’ दियोपोस्टलाई प्राप्त खण्डनमा भनिएको छ,‘यस कम्पनिबाट वितरण गरिने विभिन्न स्पिडका इन्टरनेटको आफ्नो स्पिड अनुसारको दररेट हुँने हुँदा कुन ग्राहकले कुन प्याकेज अन्तर्गतको ईन्टरनेट जडान गरेको छ । सोही अनुसार नै रकम भुक्तानी लिने गरिएको छ ।’
यस्तो छ खण्डनको पूर्णपाठ