विप्रेषणको रकम दुरुपयोग हुन नदिन उच्चस्तरीय संयन्त्र गठन गर्न सुझाव

Diyo post  

काठमाडौँ, माघ २४ । विप्रेषणको रकम दुरुपयोग हुन नदिन एक उच्चस्तरीय स्थायी संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिइएको छ ।

विप्रेषणको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विषयमा सुझाव दिन गठित कार्यदलले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई बुझाएएको प्रतिवेदनमा उच्चस्तरीय स्थायी संयन्त्र गठन गरी विप्र्षणको रकम दुरुपयोग हुनबाट रोक्नुपर्ने उल्लेख गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको नेतृत्वमा गठित कार्य दलले तयार पारेको सो प्रतिवेदनमा विप्रेषणको रकम अघिल्लो वर्षभन्दा १५ प्रतिशत बढि भित्रयाउने संघ, संस्थालाई ‘बेष्ट रेमिट्यान्स कम्पनी अवार्ड’ वितरण गर्न पनि सरकारलाई सुझाव दिइएको छ । विप्रेषणको रकमलाई दुरपयोग हुन नदिन आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको कार्य दलका सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद दाहालले जानकारी दिनु भयो । विप्रेषण व्यवस्थापन सूचना प्रणालीको विकास गरी विप्रेषणकर्ताहरुको विस्तृत अभिलेख राख्न पनि सरकारलाई आग्रह गरिएको छ ।

प्रतिवेदनमा विप्रेषणकर्ताको संयुक्त योगदान रहने गरी स्थानीय तहमा पनि विप्रेषण कोषको स्थापना गर्न भनिएको छ । त्यसैगरी स्थानीय तहमा प्राथमिकता प्राप्त परियोजनाहरुको संचालन सोही कोषबाट गर्ने नीति अवलम्बन गर्न पनि सरकारलाई सुझाव दिइएको सहसचिव दाहालले जानकारी दिए ।

सम्बन्धित खबर