पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित

Diyo post  

ताइपेइ,माघ २५ । ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका कारण २२ ओटा उडान रद्द भएको र यसबाट ४ हजार यात्रु प्रभावित भएको बताइएको छ ।

हड्तालको कारण रद्द भएका उडानहरुमा बेइजिङ, साङ्घाइ, गुआङ्झाउ शेन्झेन, हङकङ र बैकक रहेका छन् ।

चाइना एयरलाइन्स शाखाका विमान चालकहरुको युनियन ‘ताओयुआन’ले कैयांै चालकहरुले लामो समयसम्म उडान उडाउनुपर्ने जस्ता समस्या समाधानको लागि माग राखेका थिए ।

चालकहरु प्रतिनिधिका अनुसार उडान सुरक्षाको लागि चालकहरुमा भएको क्षमताभन्दा बढी दबाबलाई कम गर्न आह्वान गरेका थिए ।

गत मङ्गलबार नै यस हड्तालमा भाग लिनको लागि करिब ९०० विमान चालकले सहभागिता जनाएका थिए । माग पूरा नभएको खण्डमा यो सङ्ख्या अझै बढ्ने समेत अनुमान गरिएको छ । (रासस/सिन्ह्वा)

सम्बन्धित खबर