ललितपुरको भैँसेपाटी स्थित यति कार्पेटको गोदाममा भिषण आगलागी

दियोपोस्ट संवाददाता

काठमाडौं, २८ माघ । ललितपुरको भैँसेपाटी स्थित यति कार्पेटको गोदाममा भिषण आगलागी भएको छ । आगलागीबाट नजिकका घरहरु समेत जलेका छन् ।


आगो नियन्त्रणका लागि केही बेरअघि बरुण यन्त्र पुगेको भएपनि आगो नियन्त्रणमा आइसकेको छैन ।
आगलागीकै क्रममा सिलिन्डर समेत विष्फोट भएको छ । आगलागीबाट भएको क्षेतिको विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

सिफारिस