सांग्रीला विकास बैंकका कर्मचारी, ग्राहक र भिषा कार्ड प्रयोगकर्तालाई ब्लुक्रस अस्पतालमा विशेष छुट

दियो पोस्ट  

काठमाडौं,माघ २८ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा। लि। बीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथो भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राहकहरुलाई ब्लुक्रस हस्पिटल प्रा।लि ले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छूट पाउने छन् ।