
काठमाडौँ,माघ २९ । आज शेयर कारोबार मापक नेप्से परिसुचक र कारोबार रकम दुबै घटेको छ ।
हिजोको तुलनामा नेप्से परिसुचक शून्य दशमलव ६७ अंक र कारोबार रकम झण्डै १ करोड रुपैयाँले घटेको हो । आज १९ करोड ४१ लाख रुपैयाँ बराबरका १ सय ६४ कम्पनीका ८ लाख ४६ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज प्रभु बैंक लिमिटेड प्रोमोटर शेयरले ३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
महालक्ष्मी विकास बैंक, खानिखोला हाईड्रोपावर कम्पनी लिमिटेड र राडी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले आज सभैभन्दा धेरै ३ प्रतिशत गुमाएका छन् । जेविल्स फाईनान्स लिमिटेडका लगानीकर्ताले भने परिसुचक र कारोबार रकम घटेपनि ७ प्रतिशत कमाए ।