आज कण्डम दिवसः यस्ता छन् फाईदा र प्रयोग गर्ने तरिका (भिडियो सहित)

आज कण्डम दिवसः यस्ता छन् फाईदा र प्रयोग गर्ने तरिका (भिडियो सहित)

काठमाडौँ, फागुन १ । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ ।

एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ ।

अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब्रुअरी १३ का अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वभरि नै यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो ।

केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमण भएका छन् । तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन् । नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ । नेपालमा कण्डमलगायत परिवार नियोजनको साधनहरु प्रयोग गर्ने ४३ प्रतिशत छन् ।

केन्द्रका निर्देशक डा तारानाथ पाखरेलका अनुसार सरकारले एचआइभी तथा यौन रोग नियन्त्रणका लागि सुरक्षित यौन सम्पर्कबारे देशैभर जनचेतनामूलक कार्यक्रम चलाउँदै आएको छ ।

फेब्रुअरी १३ अर्थात आजकै दिनमा विश्वभरि नै कण्डमको सही तरिकाले प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि रमाइलो तथा रचनात्मक तरिकाले कण्डम दिवस मनाउने गरिन्छ ।

के हो कण्डम ?

कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाइने एक प्रकारको रबरको पातलो खोल हो । यसले शुक्रकिटलाई महिलाको पाठेघरमा बस्न नदिएर गर्भ रहनबाट बचाउने गर्छ ।

पुरुषले यदि हरेक पटक यौन सम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्ने हो भने यसले गर्भ राक्नमा ९८ प्रतिशत प्रभावकारी रहने चिकित्सकहरुले बताउने गरेका छन् । यस्तै कण्डमको प्रयोगले एचआइभीसहितका यौन रोगबाट बच्न सकिन्छ ।

कण्डमका फाइदा

अनिच्छित गर्भधारण हुनबाट बचाउने

सुरक्षित यौन सम्पर्क

प्रयोग गर्न सजिलो

सजिलैसँग किन्न पाइने

एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने

यौन सम्पर्कको समयमा फुट्ने, चप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने

प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने

Facebook Comments

Trending News