काठमाडौं, २ फागुन । विभिन्न पेशा व्यावसायमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले किर्ते भौचर प्रकरणले यतिबेला एउटा बैंक समस्यामा परेको छ ।
राजधानीमा मुख्यालय रहेको देव : विकास बैंकमा राष्ट्र बैंकले छापा हानेको खबर छ ।
पोखराका व्यावसायी शिव प्रसाद बास्तोला र गीता श्रेष्ठको नाममा रहेको ३७ रोपनी ७ आना जग्गा किर्ते भौचर देखाएर थापाले आफ्नो मिडियाको नाममा गराएका थिए ।
अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपीवान टेलिभिजनको सब स्टेशन राख्नका लागि वास्तोलाको जग्गा भौचर किर्ते गरी आफ्नो नाममा पारेको सार्वजनिक भएको थियो ।
देव : विकास बैंकमा ५ करोड २५ लाख रुपैयाँको किर्ते भौचर काण्ड सार्वजनिक भएपछि राष्ट्र बैंकले चासो देखाएको थियो । राष्ट्र बैंकले आइतबार देवः विकास बैंकको पोखरा शाखा र केन्द्रीय कार्यालयमा समेत छापा मारी सम्बन्धित व्यक्तिको चेक समेत फिर्ता गराइएको पाइएको छ ।
राष्ट्र बैंकले छापा हानेपछि बैंक थप समस्यामा परेको बताइएको छ ।
राष्ट्र बैंकका कर्मचारीले आइतबार पोखरा शाखामा छापा हानेको पोखरा शाखाका ब्रान्च म्यानेजर दीपक ढुङ्गानाले पुष्टि गरे ।
‘सबै विषय भन्न मिल्दैन । अहिले किन अपडेट लिनु पर्यो,’ ढुङ्गानाले भने,‘केही भयो भने संस्थागत रुपमा नै जानकारी आउँछ होला ।’