कारोबारको अन्तिम दिन नेप्से ८ दशमलव २१ अंकले घट्यो

दियो पोस्ट  

काठमाडौँ, फागुन २ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार कारोबार मापक नेप्से परिसुचक ८ दशमलव २१ अंकले घटेको छ । हिजोको तुलनामा नेप्से परिसुचक ८ अंकभन्दा धेरैले घटेर आज ११ सय १२ दशमलव ८७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

आज कारोबार हुने सबै समूहको उपसूचक घटेको छ । आज १ सय ६४ कम्पनीका २ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका ८० लाख कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंक लिमिटेड प्रोमोटरले १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

दिनभरको कारोबारमा नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ८ दशमलव ४ प्रतिशत गुमाए । नेप्से परिसुचक घटेपनि चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले भने ४ लशमलव ७ प्रतिशत कमाएका छन् ।