छलफलको विषयलाई लिएर संसदीय समितिमा लफडा, सदस्यहरुबिच नै भनाभन

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन २ । संसदीय समितिमा छलफलको एजेण्डा बारे समिति सदस्य र सभापतिबीच भनाभन भएको छ ।

संघिय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको विहिबार बसेको बैठकमा सभापति बिमल श्रीवास्तव र समिति सदस्यहरुबीच छलफलको एजेण्डालाई लिएर भनाभन भएको हो ।

समितिका बैठकहरुमा सदस्यहरुको उपस्थिति न्यून बन्दै गएपछि समय समयमा उपस्थिति संख्याबारे आवाज उठ्दै आएको छ । यसअघि उपस्थितिलाई लिएर सामान्य प्रश्न राख्ने गरिएको भएपनि विहिबार भने समिति सदस्यहरुले सभापति प्रति आक्रमक ढंगले प्रस्तुत भए । सभापतिले त्यस्तै शैली अपनाएपछि बैठककक्ष केहीबेर तनाबपुर्ण बन्यो ।

२४ सदस्यीय समितिमा ११ जना मात्रै उपस्थित थिए । सभापतिले निर्णयका लागि मात्रै कोरम नपुगेको तर बैठक संञ्चालनका लागि पुगेको भन्दै सदस्यहरुलाई बैठक सुचारु गराउन गरेको आग्रहका बाबजुत उपस्थित केही सदस्य पनि बैठक कक्षबाट बाहिरिएका थिए । त्यसपछि बैठक अनौपचारिक छलफलमा सिमिति बन्यो ।

सम्बन्धित खबर

सिफारिस