भेरी नदीमा बस खस्यो,४ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

जाजरकोट,फागुन २। जाजरकोटको रिम्नामा भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको बताइएको छ । कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको छ भने ५ जनाको उद्दार भएको बताइएको छ भने अध्यारो र पानी परिरहेकाकारण उद्दार गर्न समस्या भएको सिंहले बताएका छन् ।

दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ । प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा २५ जनाको प्रहरी टोली उद्दारमा गएको छ ।

सम्बन्धित खबर

सिफारिस