
डोटी, फागुन ४ । डोटीको शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए ।
आफनै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो पटक भएको उनले बताए । श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने प्रहरी निरीक्षक बमले बताए ।
उनीहरुबीच विवाह भएको झण्डै ८ वर्ष भएको र उनीहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेका छन् ।