
काठमाडौं, ९ फागुन । आफू प्रधानमन्त्री बन्दा दौरा सुरुवाललाई राष्ट्रिय पोसाकबाट खारेज गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दौरा सुरुवाल लगाएर तस्विर सार्वजनिक गरेका छन् । 
कुनै समय दौरा सुरुवाललाई ‘ब्राम्हणवादी र सामन्तवादी’ पोसाकको रुपमा चर्चा गर्दै आएका उनले बुधबार दौरासुरुवाल लगाएको तस्विर सार्वजनिक गरेका हुन् । कर्णालाी प्रदेशको खस आर्य बाहुल्य क्षेत्रको भ्रमणमा रहेका उनले तस्विर सार्वजनिक गरेपछि विभिन्न टिक्का टिप्पणी भइरहेको छ ।
भट्टराईले आफूले जीवनमै पहिलो पटक दौरा सुरुवाल लगाएको उल्लेख गरेका छन् ।