सूचना प्रविधि विधेयकमा कांग्रेसको विरोध, विरोधी आवाजलाई दवाउने खेलमा सरकार लागेको आरोप

दियोपोस्ट संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधि सम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गतल मनसायका साथ विरोधीलाई अंकुश लगाउने अभिप्रायसाथ विधेयक ल्याएको भन्दै विरोध गरेका हुन् ।

सांसद गगन थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ विधेयक ल्याईएको टिप्पणी गर्नुभयो । उनले तात्कालिन राजा ज्ञानेन्द्रले आलोचनाबाट बच्न फोन बन्द गरेको प्रसंग स्मरण गराउदै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले भने “यो सदनमा छलफल गरेर मात्रै सच्चिन सक्ने प्रस्तावित ऐन छैन । जनताको संघर्षबाट मात्रै यो सच्चिन्छ । कुनै बेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु । तर फोन काट्दै गर्दा न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो । सरकाररलाई म केबल त्यो स्मरण मात्र गराउन चाहन्छु । ”

उनले होच्यायो भनेर नागरिकले अधिकार माग्दै गर्दा संविधानले प्रत्याभुत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन हुने तर्फ सरकार गम्भीर नभएको टिप्पणी समेत गरेका छन् ।

सिफारिस