नेपाल आयल निगमले नयाँ नागरिक बडापत्र जारी गर्ने

दियो पोस्ट  

काठमाडौँ, फागुन १० । नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिए ।

उनले बडापत्रमा टयांकरले पम्पहरुमा र पम्पबाट नागरिकहरुले कति समयमा पेट्रोलियम पदार्थ पाईसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिम नै तयारी पारि कामलाई अघि बढाइएको पनि बताए । पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न नसकेको पनि स्मरण गराए ।

शुक्रबार पत्रकार सम्मेलन गरी उनले सरकारले जारी गरेको निगमसम्बन्धि नागरिक बडा पत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडा पत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट गरे । आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढि पम्पहरुमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दावी छ