
काठमाडाँै, फागुन ११ । अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल नेपालको तीन दिने औपचारिक भ्रमणमा पूरा गरी आज बिहान भूटानतर्फ प्रस्थान गरेका छन्
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएकी उहाँले यहाँ रहँदा आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्माओलीसँग शिष्टाचार भेट गरेका थिए ।
ललितपुर दरबार क्षेत्रका सम्पदा संरक्षणमा आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन प्रवद्र्धन तथा ऊर्जा विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्नेमा आफू ढुक्क रहेको अभिव्यक्ति उनले दिएका थिए ।
विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी तथा अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले बिदाइ गरेका थिए । (रासस)