भक्तपुरका २६ बर्षे युवा आफैले चलाउने गाडीमा मृत फेला

दियोपोस्ट संवाददाता

भक्तपुर, फागुन १२ । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैले चलाएको गाडीमा मृत अबस्थामा फेला परेका छन् ।

आफैले चलाउँदै आएको बा ५ च ६४२१ नम्वरको ट्याक्सीमा बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका वडा नं ८ लिवालीमा रोकिराखेको आफ्नै गाडी भित्र भेटेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

बिहान निस्किएको श्रीमान् घर नआएको र मोवाईल समेत सम्पर्क नभएपछि श्रीमति सृजना भुजुले प्रहरीलाई जानकारी गराई आफै समेत खोजी गर्ने हिँडेकी थिइन् । खोजी गर्ने क्रममा लिवालीमा गाडी देखेपछि प्रहरी पुग्दा अचेत अबस्थामा भुजुलाई देखी भक्तपुर अस्पताल लैजादा मृत्यु भईसकेको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताएका छन् ।

चारवर्षको छोरालाई साथमा लिएर निस्किएका पति दिउँसोसम्म सम्पर्कमा नआएपछि श्रीमतिले प्रहरीलाई खबर गर्दै खोजी गरेकी थिईन् ।

प्रहरी र श्रीमति सृजना लिवाली पुग्दा ट्याक्सी नजिकबाट भाग्दै गर्दा चारजनालाई प्रहरीले पक्राऊ गरि अनुसधान सुुरु गरेको उहाँले जानकारी दिनुभयो ।

पक्राऊ पर्नेमा चाँगुनारायण नगरपालिका ८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका ४ का १९ वर्षीय भुप बहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका १ ट्याङथली घर भई हाल चाँगुनारायण ९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताथली कै २१ वर्षीय सुकु भन्ने राज बनमाला रहेका छन् ।

प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको र घट्नाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

सिफारिस