दैलेख, फागुन १२ । आफ्नै छोरीलाई बिष खुवाई हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखले महाबु गाउँपालिका ४ की शर्मिला बुढालाई जन्मकैदको फैसला गरेको छ ।
बुढाले ९ वर्षीया छोरी भावना बुढाको हत्या गरेको ठहर गर्दै जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले जन्मकैदको फैसला गरेको हो । गएको असार ९ गते घरमा विहानको खाजा भनी दिइएको चाउमीनमा बिष घोलेर खुवाएको अभियोगमा बुढालाई प्रहरीले असार २६ गते पक्राउ गरेको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिएका छन् ।