यसरी धोईदिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मजदुरका खुट्टा (पुरा भिडिया हेर्नुहोस् )

दियो पोस्ट  

 के सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची कसैले धोइदेला ? कामदारको खुट्टा धोइदिनेहरु बिरलै होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भमेलामा सफाइ मजदुरहरुको खुट्टा धोइदिएका छन् । 

‘स्वच्छ कुम्भ स्वच्छ आभार’ कार्यक्रममा उनले सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेका हुन्। खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले दुई जना महिलासहित ५ जनाको खुट्टा धोएका थिए।मोदीले खुट्टा धोए, त्यसपछि पुछे, ढोगे अनि खादा ‌ओढाइदिएका थिए।
भारतीय जनताले पार्टीले मोदीले सफाइ कर्मचारीहरुको खुट्टा धोएको भिडियो ट्विटरमा हालेर प्रचार गरेको छ। मोदीले नजिकिँदै गरेको आम निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको बुझिएको छ। कान्तिपुर दैनिकबाट

सिफारिस