राजेश हमालको समेत मन जित्न सफल झापाकी अब्बल छात्रा युनिका गौतम यसरी चम्कदै (भिडियोसहित )

दियोपोस्ट संवाददाता

झापा, फागुन १३ । झापा धुलाबारी माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्यनरत छात्रा युनिका गौतम अहिले झापा जिल्लामै निकै चर्चित छिन् ।

कुनै पनि बिषयमा स्पष्ट र धारा प्रवाह रुपमा बोल्न सक्ने क्षमता भएकी युनिका कार्यक्रम सन्चालन, कबिता बाचन मात्र नभई पढाईमा समेत अब्बल छिन् । थुप्रै कार्यक्रम सन्चालन गरेर महानायक राजेश हमालको समेत मन जितेर प्रशंसा बटुली सकेकि गौतम नेपाल स्काउट बाट समेत थुप्रै पुरस्कार र सम्मान पाई सकेकि छिन् ।

सानो उमेर बाटै पढाइ लगायत अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउदै स्थानिय रेडियोमा बाल कार्यक्रम समेत सन्चालन गरि सकेकि छिन् ।

महिला हिंसा बिरुद्धको १ नम्बर प्रदेश को वक्तित्वकला प्रतियोगितमा सबै भन्दा बढि भोट प्राप्त गरी रहेकी युनिका देशमा न्याय र समानताका लागि आवाज उठाइरहने प्रण गर्छिन् उनले भाग लिएको महिला हिँसा बिरुद्धको भिडियो हेर्नुस

बुवा युबराज गौतम र आमा चित्रकला गौतमकी एक्ली सन्तान युनिका अनफ्नो सफलताको श्रेय र प्रेरणाको श्रोत आफ्नी आमालाई मन्छिन् ।

सिफारिस