रेलवेका ठेकेदार प्रकाश कार्की विरुद्ध ३ करोड २० लाख चेक बाउन्सको मुद्दा !

diyopost.com
दियो पोस्ट  सोमबार, माघ २४, २०७८ | २०:०१:०६

काठमाडौं । रेलवेयको ठेकेदार प्रकाश कार्की विरुद्ध करोडौँ ठगीको मुद्दा अदालतमा दर्ता भएको छ । कोटेश्वरमा रहेको त्रिनेत्र साकार कन्स्ट्रक्सन प्रा.लीका मालिक रहेका उनी विरुद्ध विभिन्न व्यक्तिले चेक बउन्स तथा ठगीको उजुरी दिएपछि जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पाटनको बाणिज्य ईजलाशमा अभियोग पत्र दर्ता गरेको हो ।

रौतहटमा निर्माण भइरहेको रेलको ट्रयाक बेड (स्टेसनको ठेक्का समेत) कार्कीले नै पारेका थिए । सेनाको ठेक्कापट्टामा समेत हात हालेका कार्कीले विभिन्न व्यक्तिलाई ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
उनी विरुद्ध भक्तपुर सुर्य विनायक घर भएका विदुर शर्माले चेक बउन्सको जाहेरी दिएका थिए । प्रदेज निर्माण सेवाका मालिक समेत रहेका शर्माले २ करोड २० लाख रुपैयाँको चेक बाउन्स भएको जाहेरी दिएका थिए । कार्कीले शर्मालाई गरिमा विकास बैंकमा रहेको आफ्नो खाताको २ करोड २० लाख रुपैयाँको चेक दिएको र उक्त चेक नसाटिएको अभियोग पत्रमा उल्लेख छ ।

यता कार्कीले गरेको बयान कागजातमा भने शर्माले पटक पटक गरि ४ करोड ५० लाख रुपैयाँ आफ्नो कार्कीको स्वामित्व रहेको साकार निर्माण सेवा नामक कम्पनिमा लगानी गरेको र पछि सोही रकम फिर्ता मागेको दाबी गरेका छन् । आफूले उक्त रकम मध्ये १ करोड २० लाख रुपैयाँ नगदै फिर्ता गरेको दाबी गरेका छन् । उनले शर्मालाई कुल १४ करोड १ लाख ९९ हजार फिर्ता गरेको समेत दाबी गरेका छन् । शर्माले धम्की दिएर आफ्नो सासु आमाका नाममा रहेको जग्गा समेत पास गरेर लिएको कार्कीको आरोप छ । शर्मा विरुद्ध कार्कीले महानगरीय अपराध महासाखामा आपराधिक लाभको मुद्दा समेत दिएका थिए ।

तर, गरिमा विकास बैंकको पत्रको आधारमा कार्कीको चेक बउन्स भएपछि सरकारी वकिल कार्यालयले उनलाई विगोसहित ३ महिना कैद माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

कार्कीले शर्मा मात्रै होइन अन्य दुई जनालाई समेत ठगि गरेको आरोप छ । उनले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भएका कान्छी लामालाई समेत ८० लाख रुरुपैयाँ ठगी गरेको अभियोजन पत्र फेला परेको छ । उनी र त्रिविक्रम भण्डारी मिलेर सञ्चालन गरेको त्रिनेत्र साकार कन्स्ट्रक्सन प्रा.लीमा लगानी विस्तारको लागि भन्दै लामाबाट ८० लाख रुपैयाँ लिएर उक्त रकम फिर्ता नगरी ठगी गरेको आरोप छ । कार्कीले नेपाल बैंकमा रहेको खातामा रकम छ भन्दै ८० लाख रुपैयाँको चेक फिर्ता गरेका थिए । तर, चेकमा रकम छ भनेर बैंकमा पठाएपनि रकम भने नभएको पाइएपछि लामाले चेक बाउन्स गराएकी थिइन् ।

सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा लामाको जाहेरीको आधारमा मुद्दा दर्ता गरेको छ ।

 

त्यस्तै सिन्धुपाल्चोककै जरा बहादुर तामाङलाई पनि कार्कीले २० लाख रुपैयाँ ठगी गरेको आरोप छ । त्रिनेत्र कन्स्ट्रक्सन प्रा.लीकै लागि भनेर उनीबाट पनि सो रकम लिएर पछि चेक फिर्ता गरेको र चेक नसाटिएपछि पीडित लामाले प्रहरीको सहारा लिएका थिए । तामाङलाई पनि कार्कीले २० लाख रुपैयाँको चेक दिएका थिए ।

सम्बन्धित खबर