काठमाडौं । काठमाडौं महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकहरुले आज विरोध प्रदर्शन र्यालि निकालेका छन् ।
अनअधिकृतरुपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरु आक्रोशमा आएका हुन् ।
प्रदर्शनीहरुले हातमा कवाडमाथि डोजर चलाउन बन्द गर, फोहोर उठाउनेलाई सम्मान गर, हाम्रो पेशा व्यावसायमाथि हस्ताक्षप बन्द गर, अदालतको निर्णयको सम्मान गर जस्ता लिखिएका प्याम्प्रेटहरु बोकी विरोध प्रदर्शन गरिरहेका छन् ।