नामिबियामाथि नेपालको रोमाञ्चक जित, अन्तिम ‌ओभरमा करणको उत्कृष्ट बलिङ

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

दियो पोस्ट  

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको हाे।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो।

यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए। दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए।

अर्को ओभरको पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो।

त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे।

८औं ओभरमा दीपेन्द्रले १८ रन खर्चिदा फेरि नेपालमाथि दबाब बढ्यो। दीपेन्द्रलाई जान ग्रिनले दुई चौका र रुबेन ट्रम्पलम्यानले एक छक्का प्रहार गरे।

१९औं ओभरमा अभिनास बोहरालाई ट्रम्पलम्यान र ग्रिन मिलेर ११ रन प्रहार गरे। यो ओभरमा ग्रिनले दुई चौका हिर्काए।

TATA ADD

सिफारिस