शालिन मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै आफन्तले गरे विरोध, केही पक्राउ (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि बालिका शालिन पोखरेलका आफन्तले विरोध प्रदर्शन गरेको छन् । बालिका पोखरेलबो घटना बारे निष्पक्ष छानबिनको माग गरदै अस्पताल अथाडि आफन्तले प्रदर्शन गरेका हुन् ।

उनीहरुले अस्पताल र होस्टेल बिरुद नारा जुलुस गरेका थिए । उनीहरु जबरजस्ती अस्पताल भित्र छिर्न खोजेपछि केहि समय प्रहरीसँग धकेलाधकेल भएको पनि थियो । सो क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियत्रणमा समेत पनि लिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको छ ।

TATA ADD