काठमाडौं । हैटी सरकारले संकटकाल घोषणा गरेको छ । देशको दुईटा ठुलो जेलबाट ४ हजार बढि कैदी भागेपछि त्यहाँको सरकारले ७२ घण्टाको लागि संकटकाल घोषणा गरेको हो ।
संकटकालसँगै हाल त्यहाँ कर्फ्यु आदेश जारी गरिएको छ । त्यहाँको सरकारले जारी गरेको विज्ञप्तीअनुसार ठुलो समुहमा कैदीहरु भागेपछि हाल त्यहाँको सुरक्षा खतरा बढेको छ भने माहोल हिंसामा परिणत भएको छ ।
हैटीको एक सशस्त्र समुहले राजधानी पोर्ट औ प्रिन्सको एक मुख्य जेल र राजधानी बाहिरको अर्को एक जेलमा आक्रमण गरेको थियो । आक्रमणपछि करिब ४ हजार कैदीहरु भागेका थिए भने आक्रमणबाट कम्तीमा १२ जनाको ज्यान गएको अन्र्तराष्ट्रियसञ्चार माध्यममा उल्लेख छ ।
सशस्त्र समुहका नाइकेहरुले प्रधानमन्त्री एरियल हेन्रीको राजिनामा माग गर्दै आएका छन् । हैटीका प्रधानमन्त्री हेन्री हाल देशबाहिर लुकेर बसेको बताइएको छ ।