काठमडौँ । कोलम्बियामा सैन्य वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो ।
विमानमा सवारमध्ये अधिकांश सेना र सुरक्षा निकायका सदस्य रहेका थिए। दुर्घटनापछि घटनास्थलमा आगलागी भएको र उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ।
स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूले संयुक्त रूपमा उद्धार कार्य गरी रहेको बताइएको छ । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि लगिएको छ।
दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार प्राविधिक समस्या वा उडानका क्रममा आएको अवरोधका कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ।
सरकारले घटनाको छानबिन सुरु गरेको जनाएको छ। साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।