काठमाडौं, ७ चैत । एमाओवादी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दुई दिन चलेको केन्द्रीय समितिको बैठकले महाधिवेशन एक बर्षमा गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गरेका छन् ।
केन्द्रीय समितिको बैठकले बैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण गरी सक्ने, बैशाख १० गतेसम्म संगठनका सम्मेलन सम्बन्धी कार्यविधि तय गरी सक्ने, जेठ १ गतेदेखि आगामि भाद्र मसान्त सम्ममा प्रदेशसम्मका सम्मेलनहरु जनसभाका बीच उद्घाटन गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जवस÷मोर्चाका सदस्यता नविकरण÷वितरण गर्ने, स्थानीय तहदेखि केन्द्र सम्मका सम्मेलनहरु गर्ने निर्णय भएका छन् । केन्द्रीय समितिले क. वीर बहादुर गोले र क. धर्मशीला चापागाईलाई केन्द्रीय समितिमा थप गरेको छ । बैठकले सहिद, बेपत्ता र घाइते योद्धाहरुका लागि कोष खडा गर्ने निर्णय गरेको छ । बैठकले सरकारमा सहभागी मन्त्रीहरुको कामलाई अझै प्रभावकारी, जनमुखी, जनउत्तरदायी बनाउने निर्णय गरेको छ ।
बैठकले सबै माओवादी पार्टीहरुका बीचमा पार्टी एकता गर्ने र अन्य क्रान्तिकारी वामपन्थीहरुको ध्रुवीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले समसामयिकहरु पनि पारित गरेको छ । जसमा भूकम्प प्रभावित जिल्लाहरुको पुनर्निर्माणको काममा ढिलासुस्ती भएकोले केन्द्रीय समितिको बैठकले तदारुकताका साथ पुनर्निर्माणका कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
बैठकले कर्णालीमा खडेरीका कारण भोकमरीको समस्या विकराल बन्दै गईरहेकोले यथाशीघ्र खाद्यान्न आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।
नयाँ शक्तिमा लागेकाहरुको ठाँउमा नयाँ केन्द्रीय सदस्य थप्न बर्षमान पुनको संयोजकत्वमा कार्यदल गठन गर्ने भएको छ । उक्त समितिको सुवेझाव सहितको प्रतिवेदनका आधारमा केन्द्रीय समितिले पूर्णता पाउने छ ।