नेपाल र चीनबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

दियो पोस्ट  

काठमाडौं, ८ चैत्र । चीन र नेपालबीच पारवहन, व्यापार लगायत विभिन्न १० बुँदे सम्झौता भएको छ । चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमाप्रधानमन्त्री केपी शर्मा ओली र समधक्षी ली खछ्याङबीच सम्झौता भएको हो । सम्झौतापत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षेर गरका छन् ।
नेपाली बजारमा भएको भारतको एकाधिकारमाथि अब चीनले पनि हस्तक्षेप बढाएको छ । र भारतको एकाधिकारको अन्त्य भएको छ । नेपाललाइृ चिनियाँ बन्दरगाहासम्म पहुँच दिनको लागि आधार तयार पार्ने पारवहन सम्झौतालाई विभिन्न क्षेत्रले महत्वका साथ हेरेका छन् ।
ग्यास तथा पेट्रोलियम अन्वेषण, ट्रेडमार्क दर्ता, पोखरा विमानस्थल निर्माण लगायत खुला व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षेर भएको छ । त्यस्तैगरि दुईदेशका बैंकहरुबीच सुचना आदानप्रदानका लागि पनि आधार तयार पार्ने सम्झौता भएको छ ।
यद्धपी इन्धन खरिदबारेको सम्झौता भने भएको छैन । कार्यक्रममा बोल्दै विदेश मन्त्रालय एशिया विभागकी सहायक निर्देशक हो यन्सीले सम्झौता ऐतिहासीक भएको बताएकी छिन् ।