श्रीमतीकाे हात समातेर प्रचण्डले यसरी खेले हाेली (भिडियाे सहित)

दियो पोस्ट  

काठमाडाैं, ८ चैत्र । शहिद, वेपत्ता परिवारका छोराछोरीहरुको शिक्षा दिक्षाको लागि अक्षयकोष स्थापना गर्न एमाअाेवादी कन्चनपूर जिल्ला समितले हाेली खेलेकाे छ । हाेलीकाे उद्घाटन एमाअाेवादी अध्यक्ष प्रचण्ड निवासबाट  गरिएकाे छ । अध्यक्ष निवासमा पुगेका उनीहरूसँगै प्रचण्ड उनकी श्रीमती सिता दाहाल पनि देउडा खेलेका थिए ।

टाेलीका सहभागी सरल भाटका अनुसार एमाअाेवादी नेता, मन्त्री र सांसदहरूकाे घरमा पनि खेलिनेछ ।  प्रचण्डले टोलीलाई ५० हजार सहयोग दिएको टोलीमा सहभागी तेज साउदले बताए ।

होलीको नेतृत्व ७ नं प्रदेशका सचिव खगराज भट्टले गरेका थिए ।

सो अवसरमा प्रचण्डले नेपाल बहुसंस्कृतिको धनी देश भएकाले पुराना संस्कृतिहरुलाई पनि सामाजिक सेवाको लागि मनाउनु पर्ने बताएका थिए ।

यस्ताे छ भिडियाे

 

 

भिडियाे साैजन्य प्रचण्डकाे सचिवालय