काठमाडौँ, चैत ७ । गत फागुन २८ गते पुर्वसंचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट भएको थियो । विस्फोटबाट बाँस्कोटाको घरको सिसामा क्षति पुगेको थियो ।
विस्फोटमा संलग्न भएका तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कैलालीका लक्ष्मण सेट्ठी, अमृत कुमाल क्षेत्री र कालिकोटका टेक लोहार (भीषेक गिरी) रहेका छन् ।
महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सशकुल थापाका अनुसार पक्राउ परेका तिनै जना सरकारबाट प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता रहेका छन् । एसएसपी थापाका अनुसार पक्राउ परेका कुमाल विप्लव समूहका मध्य कमाण्ड ब्यूरो सदस्य हुन् । सेट्टी र विक विप्लवको साधारण कार्यकर्ता मात्र रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
घटनको मुख्य योजनाकार अमृत बहादुर कुमाल रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । कुमालले विस्फोट भएको दिन नै रानीबारीमा सेठ्ठीलाई दिएका थिए । पक्राउ परेका तीनै जनाले घटनाबारे स्वीकारेका छन् ।
गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
विस्फोट भएको स्थानमा प्रहरीले विप्लवको पर्चा भेट्टाएको थियो । पर्चामा बम बाँस्कोटा विभिन्न ठुलाठुला घोटला प्रकरणमा मुछिएको कारण कारवाही गरिएको उल्लेख गरिएको थियो ।