चीनको राजदुतमा महेन्द्रबहादुर पाण्डे सिफारिस

दियो पोस्ट  

काठमाडौँ, चैत १० । संसदीय सुनुवाई समितिले महेन्द्रबहादुर पाण्डेको नाम चीनको लागि प्रस्तावित राजदुतको रुपमा अनुमोदन गरेको छ । सोमबार बसेको समितिको वैठकले चिनका लागि आवासीय राजदुतमा पाण्डेको नाम सर्वसम्मत सिफरिस गरेको हो ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डे विरुद्ध समितिमा कुनै पनि उजुरी नपरेपछि सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।

संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।

प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वनय र समयसीमा भित्र काम सक्न अवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाए । उनले नेपाल र चीनबीच निरन्तर उच्चस्तरि तथा औपचारिक र अनौपचारि भ्रमणको आदान प्रदान गराउन प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाए ।

समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गर्नेछिन् ।