‘लकडाउन’ उल्लंघन गरे ६ महिना कैद र जरिवाना

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत ११ । काठमाडौँमै एक युवतीलाई कोरोना पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउँदै ‘लकडाउन’ घोषणा गरेको छ । मंगलबार बिहान ६ बजेदेखि एक सातासम्म अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सरकारले उर्दी जारि गरेको छ ।

सरकारले जारि गरेको ‘लकडाउन’ को प्रभावकारि कार्यान्वयन समेत देखिएको छ । मंगलबार बिहानै देखि काठमाडौँ उपत्यकामा सवारी आवागमन लगभग शुन्य जस्तै देखिएको छ । सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सवारी साधनहरुलाई रोक लगाएको छ ।

सडकको चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई बेवास्ता गर्दै चलेका दुईपांग्रे सवारी साधनहरुलाई प्रहरीले रोकेर फर्काउने गरेको दृश्य काठमाडौँको सडकहरुमा देखिएका थिए यद्यपी सरकारले अत्यावश्यक सामाग्री बोकेर हिड्न सवारी साधन, अस्पतालका सवारी साधन, सञ्चार माध्यमका सवारी साधन र सुरक्षा निकायका सवारी साधनलाई भने चलाउने दिने निर्णय गरेको छ । उपत्यकामा मात्र नभई देशैभरका शहर र बजारहरुमा लकडाउनको प्रभावकारी कार्यान्वयन भएको पाइएको छ ।

सरकारले जनताकै सुरक्षाको लागि लागु गरेको लकडाउन उल्लंघन गरेमा कडा कारवाही गर्ने समेत चेतावनी दिएको छ । लकडाउनको अवज्ञा गर्नेलाई ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हने जनाइएको छ ।

डिसेम्बरको अन्त्यमा चीनबाट फैलिएको कारोनो संक्रमण गर्न चीन सफल भइसकेको छ । तर, विश्वका १९४ देशहरुमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट १५ हजार बढीको ज्यान गइसकेको छ भने साढे ३ लाख बढी मानिसहरु संक्रमित भएका छन् । १ लाख भन्दा धेरै मानिसहरु उपचारपछि निको भएका छन् ।

यद्यपी सरकारले अत्यावश्यक सामाग्री बोकेर हिड्न सवारी साधन, अस्पतालका सवारी साधन, सञ्चार माध्यमका सवारी साधन र सुरक्षा निकायका सवारी साधनलाई भने चलाउने दिने निर्णय गरेको छ ।

सम्बन्धित खबर

सिफारिस