काठमाडौँ, चैत १३ । कास्कीको रुपमा गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । १२ दिनअघि भारतको हैदराबादबट फर्किएका ५० बर्षीय विश्वबन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको उनका पारिवारिक स्रोतले बताएको छ ।
नेपालीमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो । उनमा कोरोनाभाइरस भए नभएको भने रिपोर्ट आएपछि पत्ता लाग्ने बताइएको छ ।