वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरसको संक्रमण

दियोपोस्ट संवाददाता

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । शुक्रबार ट्वीट गर्दै वेलायती प्रधानमन्त्री जोनसनले आफुलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेका हुन् ।

आफुलाई पछिल्लो २४ घण्टामा ज्वरो आउनुको साथै खोकी लागेको उल्लेख गर्दै प्रधानमन्त्री जोनसनले कोरोना परिक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिएका छन् । कोरोनाको संक्रमण भएपछि आफु सेल्फ आइसोलेशनमा रहेको बताएका छन् ।

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ भने यसबाट ५७८ जनाको मृत्यु भइसकेको छ। यस्तै १३५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खबर

सिफारिस