चन्द्रागिरि नगरपालिका–२ मा डिस्इन्फेक्सन स्प्रे छरियो

चन्द्रागिरि नगरपालिका–२ मा डिस्इन्फेक्सन स्प्रे छरियो

काठमाडौँ, चैत १६ । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा कोरोना भाइरस नियन्त्रणका लागि डिसइन्फेक्सन स्प्रे छरिएको छ । आइतबार चन्द्रागिरी–२ का वडाध्यक्ष गोपी सुर्खेतीको समन्वयमा नेपाली सेनाको टोलीले वडाक्षेत्रमा डिस्इन्फेक्सन स्प्रे छरेको हो ।

कोरोनाभाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले जारि गरेको लकडाउन सँगै भाइरस फैलिन नदिनका लागि डिस्इन्फेक्सन स्प्रे छरिएको वडाध्यक्ष गोपी सुर्खेतीले बताएका छन् । वडाक्षेत्रमा धेरै भीडभाड हुने क्षेत्र र सर्वसाधारणको घरवरपर स्प्रे छरिएको हो ।

कोरोनाभाइरसको संभावित खतरालाई नियन्त्रण गर्नका लागि वडाक्षेत्रमा सचेतना समेत फैल्याइएको छ । सरकारले जारि गरेको लकडाउनलाई प्रभावकारी बनाउनका लागि वडाक्षेत्रका नागरिकहरुलाई घरबाट अत्यावश्यक काम परेको खण्डमा मात्र बाहिर निस्कनका लागि आग्रह गरिएको वडाध्यक्ष गोपी सुर्खेतीले बताए ।

आइतबार वडाध्यक्ष, नेपाली सेनाका अधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवी मिलेर वडाक्षेत्रमा स्प्रे छरेका थिए ।

Trending News