मन्त्रीपरिषदको निर्णयः बिजुलीमा २५ र खाद्यान्नमा १० प्रतिशत छुट, श्रमिकलाई विशेष राहत

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १६ । सरकाले कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई सामान्य राहतको घोषणा गरेको छ । मन्त्रीपरिषदको आइतबार बसेको बैठकले कोरोनाभाइरसबाट प्रभावितहरुलाई बिजुली बत्तीमा २५ र खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको निर्णयअनुसार गत फागुन र चैत महिनामा खपत भएको विद्युत महशुलमा २५ प्रतिशत छुट पाउने छन् । यो शहुलियत १ सय ५० युनिट भन्दा कम विद्युत खपत गरेको उपभोक्ताहरुले मात्र प्राप्त गर्नेछन् ।

यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

यसैगरि दैनिक ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिने निर्णय गरेको छ ।

यसका लागि स्थानीय तहले मजदुरी गर्नेको लगत तय गर्ने, राहत लिनेले स्थानीय तहमा सुचिकृत हुने र स्थानीय तहले परिवार संख्याका आधारमा आवश्यकता अनुसार आफ्नो कोषबाट राहत उपलब्ध गराउने अर्थ मन्त्री र संचार तथा सुचना प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

सम्बन्धित खबर

सिफारिस