काठमाडौँ, चैत १६ । सरकाले घरभाडामा बस्नेबाट एक महिनाको भाडा नलिनका लागि घरधनीहरुलाई आग्रह गरेको छ । आइतबारको मन्त्रीपरिषद बैठकले कोरोनाभाइरसको रोकथामका लागि भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गरेको हो ।
बैठकले घरभाडा नलिने घरधनीहरुको बहाल कर नलिने बताएको छ ।
आइतबारकै वैठकले लकडाउनको समय सिमा थप गरेको छ । लकडाउन थप ८ दिन हुने भएपछि सरकाले विभिन्न राहतको कार्यक्रम पनि ल्याएको छ ।
कोरोना भाइरसको नियन्त्रण गर्नका लागि यी सबै निर्णयको प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ ।