टर्कीका महान् फुटबलर रुस्तु रेकबरलाई कोरोनाभाइरस, स्वास्थ्यस्थिति गम्भिर

टर्कीका महान् फुटबलर रुस्तु रेकबरलाई कोरोनाभाइरस, स्वास्थ्यस्थिति गम्भिर

काठमाडौँ, चैत १७ । टर्कीका पुर्व फुटबलर रुस्तु रेकबरलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । राष्ट्रिय टिमको कप्तान तथा गोलकिपर रहेका रेकबरलाई कोरोनाभाइरस देखिएपछि अस्पतालको आइसोलेशनमा राखिएको छ ।

रेकबरलाई कोरोनाभाइरसको संक्रमण भएको उनका श्रीमती इसिल रेकबरले रेकबरले पुष्टि गरेकी छिन् । उनले इन्स्टाग्राममार्फत आफ्नो श्रीमानको स्वास्थ्य बिग्रँदै गएको बताएकी छिन् । रेकबरको अवस्था निकै गम्भिर रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उनको श्रीमती र छोरामा भने कोरोनाभाइरस नेगेटिभ भेटिएको छ ।

रेकबर टर्कीका महान् फुटबल खेलाडी हुन् । उनले सन २००२ को विश्वकपमा टर्कीलाई सेमिफाइनल सम्म पुर्याएका थिए । त्यसबेला उनलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधी दिइएको थियो ।

४६ बर्षीय रेकबर बार्सिलोनाका पुर्ब गोलकिपर समेत हुन् । बीबीसीका अनुसार उनले आफ्नो फुटबल करियरमा १ सय २० वटा कप जितेका छन् ।

Trending News