
काठमाडौँ, चैत १७ । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ । आइतबार मात्र अमेरिकामा कोरोनाभाइरसबाट २ सय ५५ जनाको मृत्यु भएको छ । वर्ल्डमिटरका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।
आइतबार न्यूयोर्कमा ८२ जनाको मृत्यु भएको छ । सोही सहरमा करिब ६० हजार मानिसहरु संक्रमति रहेका बताइएको छ । कोरोनाभाइरसको संक्रमितको संख्या अमेरिकामा सबै भन्दा धेरै देखिएको छ । आइतबारसम्म अमेरिकामा १ लाख ४१ हजार ८ सय १२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
वर्ल्डमिटरका अनुसार आइतबार अमेरिकामा १८ हजार २ सय ३४ जना नयाँ कोरोनाभाइरसको संक्रमित भेटिएका छन् ।