वीर अस्पतालमा ज्वरो र निमोनियाका दुई बिरामीको मृत्यु, मृतक दुबै भारतबाट आएका थिए !

वीर अस्पतालमा ज्वरो र निमोनियाका दुई बिरामीको मृत्यु, मृतक दुबै भारतबाट आएका थिए !

काठमाडौँ, चैत १७ । वीर अस्पतालमा कोरोना भाइरस आशंका गरिएका दुई जनाको मृत्यु भएको छ । आइतबार निमोनिया र ज्वरो आएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा दुबै जनाको सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् । दुबै जना केही समयअघि भारतबाट फर्किएको पाइएको छ । ५० बर्षीय पुरुषको बारेमा कुनै जानकारी नखुलाइएपनि ३४ बर्षीया महिला भने काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुंगलकी रहेको बताइएको छ ।

मृतक पुरुषलाई ज्वरो आएपछि आइतबार वीर अस्पताल ल्याइएको हो भने निमोनियाबाट ग्रसित महिलालाई आइतबार नै वीर अस्पताल ल्याइएको हो ।

उनिहरु दुबैजनामा कोरोना भाइरसको आशंका गरिएको छ । अस्पतालका अनुसार दुबैजनाको नमुना परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको छ । रिपोर्ट आएपछि कोरोना लागको नलागेको पत्ता लाग्नेछ ।

Trending News