अन्ततः नेपाल भ्रमण बर्ष–२०२० स्थगित, अब भ्रमण बर्ष घोषणा नगर्ने पर्यटनमन्त्रीको उद्घोष !

अन्ततः नेपाल भ्रमण बर्ष–२०२०  स्थगित, अब भ्रमण बर्ष घोषणा नगर्ने पर्यटनमन्त्रीको उद्घोष !

काठमाडौँ, चैत १८ । सरकाले नेपाल भ्रमण बर्ष २०२० स्थागित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण अप्रिलसम्म स्थागित गरिएको भ्रमण बर्ष मंगलबार औपचारिक रुपमा स्थगित गरिएको हो ।

मंगलबार पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण बर्ष स्थागित गरिएको बताएका छन् । भ्रमण बर्ष २०२० स्थागित सँगै यसको प्रचार प्रसार र अन्य व्यवस्थापनका लागि गठित सचिवालय पनि आगामी बैशाख बाट विघटन हुने भएको छ ।

सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो ।

कोरोना भाइरस नियन्त्रण हुन नसकेको कारण सरकारले भ्रमण बर्ष स्थगित गर्ने निर्णय गरेको हो । यो बर्ष चिन र भारतलाई लक्षित गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको थियो । तर कोरोनाभाइरसको उत्पत्ती र त्यसले महामारिको रुप लिएपछि सरकारले भ्रमण बर्ष स्थागित गरेको हो ।

अब कुनैपनि बर्षलाई भ्रमण बर्षको रुपमा नमनाइने समेत पर्यटनमन्त्रीले बताएका छन् । उनले आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तर, अब कुनै वर्ष विशेषलाई भ्रमण वर्ष घोषणा नगरिने बताएका छन् ।

Trending News