काठमाडौं । चलचित्र अभिनेता पुण्य विक्रम शाह भनिने पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कार अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय तनहुले उनीमाथि मुद्दा दायर गरेको हो । विहिबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत नवलपुरमा मुद्दा दायर गरेका हुन् ।
अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।
उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
हाल जिल्ला प्रहरी कार्यालय तनहुको हिरासतमा रहेका पल शाहले प्रहरीलाई कस्तो बयान दिए ?
दियोपोस्ट डटकमले उनले दिएको बयान फेला पारेको छ । उनले बयानका क्रममा आफूले पीडित नाबालिग गायिकालाई बलात्कार नगरेको र गैडाकोटस्थित होटलमा ढोका ढक्ढक्याएर सोधेको मात्रै बताएका छन् ।
यस्तो छ उनको बयान


