नौगाड गाउँपालिका अध्यक्ष धामी : संघीय र स्थानीय सरकार फेरीदा स्थानीयतहका विकासमा असर

सुदूरपश्चिम प्रदेश दार्चुला

- ईश्वर विश्वकर्मा  

दार्चुला । नेपाल सरकारको पुनःसंरचनासँगै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने नौगाड गाउँपालिकामा सडक कालोपत्रे छैन् सञ्चारको सुविधा भने जस्तो छैन् । तर पनि सामान्य तवरले जिबिकोपार्जन गरिरहेका छन् । १८०.२७ वर्ग कि.मी. क्षेत्रमा फैलिएको पालिकामा १५ हजार ८ सय ७४ जना स्थानीय छन् । पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिकासंग सिमाना जोडिएको छ ।

यसै गाउँपालिकालाई उद्यम र समृद्ध बनाउनको लागि २१ वर्षे शिक्षणपेशा छाडेर २०६४ सालदेखि माओवादी शिक्षक संगठनमा आवद्ध भएका हुन् । दलजित सिंह धामीले ग्रामिण विकासमा एम.ए.गरेका छन् । उनै धामी २०७९ सालको स्थानीयतहको निर्वाचनमा नौगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनै दलजित सिंह धामीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन सम्वाद  :

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गर्नु भएको पहिलो काम ?
नौगाड गाउँपालिकाको विद्यालयमा ४७ बटा दरबन्दी रिक्त थियो । शिक्षकको दरबन्दी पुरागरियो । पालिकाको भौतिक विकासमा जोड दियौ साथै पहिलो कार्यकालमा पुरानभएका केही संरचनालाई निरन्तरता दिँदै आफ्नो कार्यकालको सुरुवात गरियो ।

गाउँपालिको विकासलाई कसरी बुझनु हुन्छ । विकसीत बनाउन सबै पूर्वाधार छन् त ?
गाउँपालिकाको विकास भनेको भौतिक विकाशमात्र नभएर नागरिकलाई सचेत गराउनु बुझ्दछु । अर्को विषय भनेको जनताका आवश्यकतालाई पुरागर्नु पनि विकास र कर्तव्य हो । सिमित स्रोत साधनबाट आम नागरिकका सबै माग पुरा गर्न सकिदैन । तैपनि जेजति स्रोत छन् त्यसलाई मिलाएर मुख्य मुख्य समस्या समाधान गरेका छौं ।

तपाईको गाउँपालिकामा स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्याँहाका जनताको जिवनस्तर चाही कस्तो छ नी ?
मेरो गाउँपालिका दार्चुला जिल्लाकै सामान्य जनजिवन भएको पालिका हो । शिक्षा, स्वास्थ्यको कुरागर्दा १२ कक्षासम्म अध्ययन गर्ने तीनवटा विद्यालयहरु छन् । यस पालिकामा जम्मा ४३ वटा विद्यालयहरु छन् । तर उच्चशिक्षाका लागि विद्यालय छैन् । प्राविधिक र उच्चशिक्षाको लागि सदरमुकाम खलंगाको गोकुलेश्वर जाने गरेका छन्, अर्को विकल्प भनेको धनगढी हो । स्वास्थ्यको कुरागर्दा चारवटा स्वास्थ्य चौकी बनाएका छौं । दुईबटा नयाँ वडा छन् त्यहा समुदायिक आधारभूत स्वास्थ्य चौकी स्थापना गरेका छौं । अहिले भर्खरै नेपाल सरकारको नीतिअनुरुप १० शैयाको आधारभूत अस्पतालको लागि भनव निर्माण सम्पन्न भएर हाम्रो स्वामित्वमा आई सकेको छ । यस अस्पतालमा एक जना एमबीबीएस डाक्टर र केही स्वास्थ्यकर्मी राखिसकेका छौं । तर उपकरणहरु व्यवस्थापन भएको छैन् । अर्को एमबीबीएस डाक्टरको लागि पहल गरिरहेका छौं । सोचेजस्तो उपचार नभएको र उपकरणपनि नभएकोले गम्भिर प्रकारकार विरामीहरुलाई डडेलधुरा अस्पताल लैजानु पर्ने हुन्छ । अर्को कुरो पालिकामा सर्जन डाक्टर राख्ने योजना बनाएका छौं ।

कृषिमा सुधारको योजना कस्तो छ ?
हाम्रो मुख्य पेशाभनेको कृषिनै हो मकै, गहुँ हुन्छ । पहिला रोपाईपनि हुनेगरेको थियो । युवाहरु छैनन् बुढापाकाले कसरीगर्ने कृषि त्यसकारण रोपाइ गर्दैनन । कतिपयको खेतियोग्य जमिनपनि छैन् । खेतियोग्य जमिन ४ नंं.वडामा मात्र छ । उब्जिनि हुने जमिन हो तर सिचाइ हुँदैन् । कृषिका लागि हामीले नयाँ तरिका अपनाएका छौं । कसरी भने, गोरुजोत्नेलाई अन्त्य गरेर, यान्त्रीकरण ‘हाते ट्याक्टर’ दिएर युवालाई आकर्षित गरेका छौं । यसो गर्दा कृषिमा आकर्षण बढ्छकी ?

स्थानिय तहले विकासको नाममा जथाभावी डोजर स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाइएको भनेर माहालेखा परिक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भएको पाईन्छ । त्यहाको अवस्था चाही कस्तो छनी ?
हाम्रो गाउँपालिकामा पहिलो कार्यकालमा एउटा स्काभेटर खरिद गरेका रहेछन् । तर ध्वस्त हुने गरि कहीँ कतै निर्माण कार्या भएको छैन् । तर अन्य पालिकामा सुनेको छु । हाम्रोमा ६ वडाहरु छन् । कामहरु नियम संगतनै भएको छ । सबै वडामा सडकबाटो पुर्याइसकेका छौं । तर एक नम्बर वडामा सडकबाटो पुगेको छैन् । सडक सदरमुकामसम्म जोड्ने योजना हो । पर्यावरणलाईपनि मध्यनजरमा राखेर काम गरेका छौं । महालेखापरीक्षकको प्रतिबेदन जस्तो ध्वस्तै भएको छैन् ।

उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राख्ने र निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ के यो सत्य हो ?
पहिलो कार्यकालमा उपभोक्ता समिति गठन भएको रहेछ त्यस मितिलाई खारेज गरेका छौं । र श्रम सहकारीको कार्यविधि बनाएर घरको एक जना सदस्य रहने गरि कम्नीमा ३० जनाको समुह बनाएर काम गरेका छौं । तेसोहुँदा जनताको अनुरुप काम हुने गरेको छ । उपभोक्ता समितिको नाममा आफ्नो मानिस भर्तिगर्ने, अनुहार हेरेर गाउँमा बजेट दिने । राजनीतिपार्टी छ भने अलि धेरै बजेट पठाउने जस्ता प्रबृतिको कार्यलाई अन्त्य गरेका छौं । यो महालेखापरीक्षकको प्रभाव हो ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
श्रमसहकारी मार्फत काम गरेपछि उलंघनका घटना भएको छैन् । किनकी प्रत्येक घरका एकजना नागरिक जोडिएका छन् । मेरो कार्यकालमा अनावश्यक खर्च कटौती गरेको छु । उपस्थिति नभएपनि खर्चदिने चलनको अन्त्य गरेको छु । यसो गर्दा आर्थिक अनुशासन उलंघनका घटना हुने सवालनै उठ्दैन् । र भएको पनि छैन् ।

स्थानिय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
जनताले सेवासुविधा पाउने कुरामा कुनै दुईमत छैन । तर संघीय र प्रदेश सरकार स्थित नभएकोले यो अपठ्यारो केन्द्रमा भन्दापनि स्थानीय स्थतरमा परेको छ । यसले गर्दा केही असहज भएको महसुस हुन्छ । जनताको आकांक्षा धेरै हुन्छ । तर स्थानीयकै वार्षिक आम्दानी चाँही कम छ । जस्तै वार्षिक ५० लाख आम्दानीले कस्तो खाले विकासे कार्ययोजना बनाउने । संघीय र स्थानीय सरकारले दिएको बजेट अपुग भएको अवस्थापनि हो । जनताका अपेक्षा जनप्रतिनिसँग धेरै हुन्छ । तैपनि जनताले सेवासुविधा पाउने सवालमा कुनैखाले कमि हनदिएको छैनो ।

बेरोजगार युवालाई रोजगार दिन कस्तो कार्य योजना ल्याउनु भएको छ ?
बेरोजगार कसलाई भन्ने प्रश्न हो । तर हामीले शिक्षा अनुसारको रोजगार दिन लागि परेका छौं । केही युवाहरु त बैदेशिक रोजगारीमा पनि गएका छन् । युवालाई सोरोजगार बनाउन कृषिमा जोड्दिने योजना बनाएका छौं । कृषिमा यान्त्रिकरण गरेका छौं । कसरी भन्ने प्रश्न उठ्छ, हाते ट्याक्टर दिएका छौं । तरकारीबालिमा आकर्षिक गरेका छौं । प्रदेश सरकारले साझेदारी मौरीपालन योजनामा सहकार्य भएको छ । सबै वडामा अल्लो प्रशोधन बनाएका छौं । सिस्नोको पाउडर बनाउने काम पनि भएको पाउनु हुनेछ । युवा रोजगारकै लागि निःशुल्करुपमा ड्राइभर तालिम दिएर केही युवाले लाइसेन्स समेत लिएका छन् । अन्यमा डकर्मी, सिकर्मी समेतको तालिम दिएको अवस्था छ ।

तपाई शिक्षक पेसा छाडेर राजनीतिमा आउनु भएको रहेछ । विद्यार्थीको सेवा गर्न सजिलो की, जनताको सेवागर्न ?
खासमा दुवै सजिलो छैन । विद्यार्थीले मेहनत गरिदिए भने, नतिजा आउने क्रममा हाम्रो मेहनत देखिने हुन्छ । खराब नतिजा आयोभने अभिभावले मुल्याङकन गरिरहेका हुन्छन् । राजनीतिमा राम्रो नीति नियम भयो र व्यक्तिगत आचरण ठिक भयो भने । नियत खराब भएनभने मुल्याङकन राम्रै हुन्छ । नियत खराब भयोभने जनताले मुल्याकन गरिरहेका हुन्छन् ।
राजनीतिमा सिमित स्रोतसाधनले काम गर्नुपर्ने हुन्छ यो हिसाबले शिक्षण पेसानै ठिक हो । तैपनि एउटा पेसा छाडेर जनताको सेवागर्न आइसकेपछि त्यो र यो भन्दापनि मेरालागि जनताको सेवागर्नुनै उच्चतम राम्रोको भएको ठानेको छु ।

अन्तमा, तपाईको यो पाँचवर्षे नेतृत्वले गाउँपालिकालाई कस्तो बनाउने छ ?
गाउँपालिकालाई समृद्ध बनाउने छ । शिक्षामा स्थानीयको पहुँच, स्वास्थ्यमा निरोगी समाज बनाउने बनाउने हो । सबै ठाउँमा सञ्चारको सुविधा, उच्च शिक्षाको लागि गाउँपालिका बाहिर नजाने स्थिती । उत्पादन मुलक व्यवसाय लगाएर आत्मनिरभर बनाउने योजनामा छौ । आत्मानिर्भर भएभने नौगाडबासी खुसी र सुखीहुने थिए । यही गर्न पाएभने पाँचवर्षे योजना सफल र सम्पन्न भएको महसुस गर्ने छु । र यसै अनुरुप लागि परेको छु ।

टेलिफोन सम्वादको बाँकी अंश :