बैतडी : नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भू–भागमा अवस्थित बैतडी जिल्ला पूर्वी पहाडी दुर्गम, विकट समुन्द्री सतहबाट २,२४९ मिटर उचाईमा सिगास गाउँपालिका पर्दछ । बैतडीको पुर्वी पहाडी भागमा रहेको सिगास गाउँपालिका गाँजरि, सिगास, ढुङ्गाड, थालाकाँडा, शिवलिङ्ग, चौखाम, शिखरपुरका २ वडा मिलेर सिगास गाउँपालिका बनेको हो । रहनसहन, लवाईखवाई देखि रीतिरिवाज परम्परा, भाषा मिलेपनि सिगास मन्दिरको नामका कारणले प्रख्यात भएको हुँदा गाउँपालिकाको नाम सिगास राखिएको हो । २४५.४४ वर्ग किमिमा क्षेत्रफलमा फैफिएको पालिकाको जनसंख्या ४७.४० प्रतिशत रहेको छ । यो पालिकाको साक्षरता दर ७४.०३ प्रतिशत रहेको हो भने भिरालो जमिन कडा चट्टान बनजंगलले घेरेको छ ।
सिगासमा विजुलीको पहुँच नपुगेका कारण अन्धकार थियो । सडक सञ्जाल नपुगेको नजोडिएको कारण विकट थियो । त्यही विकटतालाई सुगम र सहज बनाउनको लागि नेपाली कांग्रेसबाट निर्वाचित हरि सिंह धामी गाउँपालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनी अध्यक्ष भएपछी अहिले गाउँ उज्यालो भएको छ । त्यसै गरि कालोपत्रे सडक नभएपनि कच्ची सडक सबै वडा गाउँमा पुर्याएकोमा खुसी छन धामी, उनै पालिका अध्यक्ष हरि सिंह धामीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन सम्वाद :

सिगास गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गर्नु भएको पहिलो काम के हो ?
यो मेरो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा पालिकाको आफ्नै भवनबाट सेवा दिन सफल भयौ भने, दोस्रो कार्यकालमा पहिलो कार्यकालका कामलाई निरन्तर्ता दिएको छु । सडक सञ्जार प्रत्यक वडासम्म पुर्याएका छौं । विजुली बत्ती थिएन अध्यारो पालिकालाई उज्यालो बनाएका छौ ।
गाउँपालिको विकासलाई कसरी बुझनु हुन्छ ?
विकास भनेको जनताको सेवालाइ बुझ्दछु । गाउँपालिकाको विकास अपरिहार्य छ भन्ने हिसावले । गाउँको विकास भएमा देशको विकास देखिने भएकोले विकासको मुलनै गाउँ वस्तीबाट गर्नुपर्ने हिसावले । त्यसकारणपनि गाउँको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राखेको छ । यसै अनुरुप काम भईराखेको छ ।
तपाईको गाउँपालिकामा स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्याँहाका जनताको जिवनस्तर चाही कस्तो छ नी ?
पहिले भन्दा अहिले फरक छ । पहिले त्यती व्यवस्थित थिएन, अहिले व्यवस्थित भएको छ । ९ वटा वडामा ८ वटा स्वास्थ्य चौकी थिए अहिले ११ बटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य इकाई, सामुदायिक स्वास्थ्य इकाई वाथिङ सेन्टर लगाएत ३२, ३३ बटा स्वास्थ्य चौकी बनाएका छौं । दुरदराजको हिसावले हेर्ने हो भने स्वास्थ्यमा धेरै फट्को मारेको छ । करामरमै भएपनि स्वास्थ्य कर्मीपनि अहेव, अनमी प्रयाप्त छन् । शिक्षाको कुरागर्दा पहिले भन्दा धेरै अग्र गतिमा विकास र सेवादिने क्रम अगाडी बढेको छ । नेपालको उपल्लो भाग विकटमा भएपनि ६० बटा विद्यालय छन् । निर्माणको कुरागर्ने हो भने ५०, ५२ बटा भवन निर्माण गरेका छौं । निकट भविश्यमा अझै सुधार गर्दै जाने हो ।

स्थानिय तहले विकासको नाममा जथाभावी डोजर स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाइएको भनेर माहालेखा परिक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भएको पाईन्छ । त्यहाको अवस्था चाही कस्तो छनी ?
भौगोलिक विकटता भएपनि विकास गर्ने क्रममा महालेखाले भनेजस्तो भएको छैन । बाटो सडक बनाउँदा नियम अनुसार भएको छ । विकासको लागि सडक जरुरत भएकोले गाउँ वडामा पुर्याउन सडक त बनाएका छौं । तर पर्यावरणनै ध्वस्त बनाउने गरि केही पनि गरिएको छैन् । नियम कानूनलाई मान्छौं त्यसै अनुरुप डोजर चलाउनु पर्ने ठाउँमा डोजर चलाएर सडक, विकासका काम भएका छन् । पर्यावरण ध्वस्त बनाएको भनेर गुनासो पाउनु हुने छैन् ।
उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राख्ने र निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ के यो सत्य हो ?
उपभोक्ता समितिको विषयमा महालेखापरीक्षकले ७५३ वटै पालिकाको विषयको उठान गरेको हुनुपर्छ । महालेखाले उठान गरेको विषय जस्तो छैन् । सबै दलका प्रतिनिधि बसेर सर्वदलिय प्रक्रियाबाट कार्य गरेका छौं । हामीले ठेक्का दिँदा अनलाइन प्रक्रियामा गएको अवस्था हो महालेखाले भने जस्तो आफ्न्तवाद भन्ने हैन् र छैन् । जसले काम गर्छ त्यसैलाई हामीले ठेक्का दिएका छौं, र दिन्छौं । सबै प्रक्रिया कानून सम्वत भएका छन् ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ?
यो ठाउँको अवस्था यहाँको भूगोल, विकटता, सुदूरपश्चिमकै पछाडी परेको बैतडी जस्तो लाग्छ । त्यसमा पनि पछाडी परेको बझाङको सैपालपछि, बैतडीको सिगास गाउँपालिका यो अति विकट ठाउँ हो । मलाई लाग्छ, विकटमा हुने विकास भन्दा, धेरै काम गरेका छौं । पहिले केहीपनि थिएन अहिले थुप्रै संरचना बनेका छन् । अन्य पालिकाको दाजोमा नभएको पनि हुन सक्छ तर हामीले जति गरेका छौं धेरै गरेका छौं जस्तो लाग्छ । सुशासनको कुरागर्दा जनताले भनेजस्तो सेवा पाएको अनुभूति हामीलाई हुन्छ र भएको छ । सेवामा कुनै कन्जुस्याई गरेका छैनौ । विनाकाम खर्चपनि गरेका छैनौ, अरु पालिकाको खर्चहेर्दा हाम्रो पालिकामा चियाँपान वार्षिक १ लाख हुँदैन धेरै कटौती गरेर विकासका लागि बजेट छुट्याएका छौं । त्यसै अनुरुप सुशासन कायम भएको पाउनु हुने छ ।
तपाईको पालिकामा कालोपत्रे सडक, विजुली, सञ्चारको सुविधा कस्तो छ ?
विद्युत्तको कुरागर्दा पहिले थिएन, अँधेरो थियो गाउँ, अहिले उज्यालो बनाएका छौं । १, २ मा बत्ति बालिसकेका छौं । वडा ३,४ र ५ मा पोल गाडी सकेका छौं । वडा २,३ बाट माइक्रो हाइडोपावर बनाएका छौं । पाचसय घर ४६ किलो वाडले उज्याले बनाएको छ । अरु सबै वडामा आफ्नै स्रोत साधनले प्रयाप्तमात्रामा विद्युत पुर्याएको अवस्था हो । सिगास पालिका उज्यालो छ । विकटताको हिसावले विकासको यो एउटा कोसेढुङ्गानै हो त ?
स्थानीय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन त ?
मजाले पाएका छन् । जनतालाई धेरै सजिलो भएको छ । पहिलो हामीले आफ्नो गाउँमा बजेट पार्नको लागि सिंहदरबार धाउनु पर्ने थियो तर अहिले त्यस्तो छैन् । तिब्र गतिमा विकास भएको अनुभूति भएको छ । नागरिकता बनाउन सामल खाजा बोकेर सदरमुकाम जानुपर्ने थियो । अहिले त्यस्तो छैन् । आफ्नै गाउँमा केही समयको पर्खाइमा भनेजस्तो सेवा सुविधा पाएका छन् । खासमा जनताका हामी अभिभावक जस्तै हो त, सरकारी सेवासुविधाको हकमा ।

गाउँगाउँमा सिंहदरबार भन्ने भास्यलाई कसरी परिभाषित गर्नु हुन्छ ?
कसरी परिभाषित गर्ने र, गाउँ गाउँमा सडक, विजुली, सञ्चारको सुविधा छ । पहिले फोन गर्न सात डाँडा हिडेर जानु पथ्र्यो । अहिले हात हातमा मोवाईल, यो सबै स्थानीयको परिकल्पनाले भएको हो । सिंहदरबार भनेको सम्पनता भएको ठाउँ हो । त्यसै अनुरुप हामीले सकेको सम्पनता गाउँमा बनाएका छौं । बन्नेक्रम पनि जारी छ । जनसमुदयले टाढा जानु पर्दैन् । कतै धाउनु पर्दैन् । सेवाप्रभावको लागि वडामा हुने वडामा नभए पालिकामा हुने भएकोले धेरै सहज र सरल भएको छ । सेवा लिएर घरै पुग्ने भएकोले छ । धेरै परिवर्तन भएको छ ।
अन्तमा, तपाईको नेतृत्वले गाउँपालिकालाई कस्तो बनाउने छ ?
समुनत, सुन्दर, दुर्गमलाई सुगम बनाउने छु । बाँकी समयले हाम्रो भुमिका र दायित्वले कहाँ पुर्याउछ भन्ने हो । प्रयार गरिरहेका छौं । निकट भविश्यमा सुन्दर, सव्य र भव्य बनाउने योजनामा छौं । सुशासन सहितको निर्माण गर्ने आस भरोसाका साथ अघि बढेको छु । जनताको आसा भरोसालाई निरासा पर्ने छैन् । जिउ ज्यान लगाएर काम गरेको छु । भने जस्तो सहयोग भयो भने असल पालिकाको रुपमा स्थापीत गरेर छाड्छु । जनताको सपनालाई साहाकार पर्ने हो ।
टेलिफोन सम्वादको बाँकी अंश :